Close This

प्रहरी रुपान्तरण हुनुपर्छ – मुख्यमन्त्री भट्ट

सोमबार कार्तिक १२, २०७५/ Monday 10-29-18
Paschim Today


धनगढी, १२ कार्तिक । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको अबस्थामा प्रहरी रुपान्तरण आवश्यक भएको बताएका छन् ।
प्रदेशमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले पुरानै सोच, चिन्तन,कार्यशैलीबाट प्रहरी संगठनले काम गर्न नसक्ने बताए । उनले भने, त्यसलै प्रहरी अहिले प्रहरी संगठनमा रुपान्तरणको खाँचो छ । 
मुख्य मन्त्री त्रिलोचन भट्टले अहिले समाजमा अपराध बढेको बताए । उनले भने, घर, समाज र विद्यालय सबैतिर अपराध बढेको छ यो रोक्नका लागि सबै सरोकारवालाहरु समन्वय आवश्यक छ ।
सरकार संविधान र कानुन अनुसार प्रदेशमा शान्ति सुरक्षा दिन लागि परेको मुख्य मन्त्री त्रिलोचन भट्टले  बताए । उनले भने, समाज परिवर्तनको अबस्थामा छ त्यसैले अपराधीक घटनाहरु बढेका हुन सक्छन् ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पछिल्लो समयमा प्रहरी संगठनको बिषयमा नयाँ बहस सुरु भैरहेको बताए । उनले भने, अहिले अपराधका घटना बढिरहेका छन् त्यसैले प्रहरीको अनुसन्धानका बिषयमा बहस भैरहेको छ । 
पछिल्लो समयमा प्रहरी अनुसन्धान फितलो भएको हो कि भन्ने लागिरहेको सामाजिक विकास मन्त्री सोडारीले बताए । 
सरकार भन्ने बित्तिकै समाजले प्रहरीलाई नै बुझ्दो रहेछ सामाजिक विकास मन्त्री सोडारीले भने, त्यसैले पनि प्रहरी सक्षम हुनुपर्छ । प्रदेश सरकारले प्रदेश प्रहरी गठनका बिषयमा सैदान्तिक सहमती दिई सकेको सामाजिक विकास मन्त्री सोडारीले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शरद केसीले शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी सक्रिय रहेको बताए ।
डिआईजी चन्दले प्रहरीको प्रयासबाट मात्र शान्ति सुरक्षा कायम हुन नसक्ने उल्लेख गर्दै जनताको साथ, सहयोग र सहकार्य बिना समाजमा पूर्ण रुपमा शान्ति कायम हुन नसक्ने बताए । उनले भने,  त्यही कारण समुदाय प्रहरी साझेदारी अभियान शुरु गरिएको हो ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले समुदाय प्रहरी साझेदारी  अभियान सफल पार्नका लागि स्थानीय तहहरु तयार रहेको बताए । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको नगरप्रमुख वडले बताए ।
उनले तल्लो तह सम्म प्रहरीको उपस्थिति बनाउन लागि भौतिक संरचना निर्माणमा स्थानीय तह तयार रहेको बताए । 
कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक विक्रम चन्दले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै आम जनसमुदायलाइ प्रहरीलाइ सहयोग गर्न आग्रह गरे ।