ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

SITENAME

काठमाडौं, १२ कार्तिक ।
 ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् ।

हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे ।

 सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् ।

उनले चुनावका क्रममा आपराधिक गतिविधि तथा हत्याको दर कम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले गर्दै आएका छन् ।

तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिंगी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरुका कारण उनको आलोचना हुने गरेको छ ।

निर्वाचन प्रचारका क्रममा बोलसोनारोमाथि चक्कु प्रहारसमेत भएको थियो ।

जसका कारण उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र उनलाई तत्काल शल्यक्रिया गरिएको थियो ।९एजेन्सी०

प्रतिकृया दिनुहोस
SITENAME

इरानविरुद्ध अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानले भन्योः मनोवैज्ञानिक युद्ध किन ?

काठमाडौं, १७ कार्तिक । अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१५ मा हटाइएका इरानविरुद्धका सबै

SITENAME

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतको निमन्त्रणा अस्वीकार

वासिंटन, ११ कार्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी

SITENAME

ताइवानमा भूकम्पको धक्का

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त