Close This

खास सामुदायिक फार्मेसी सन्चालनमा आउदै

सोमबार कार्तिक १२, २०७५/ Monday 10-29-18
Paschim Today

धनगढी, १२ कार्तिक । 
स्वास्थ्य क्षेत्रमा अत्याधिक लापरवाही, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, औषधी तथा स्वास्थ्य सम्बन्धी उचित परामर्शको अभावले नेपालमा स्वास्थ्य सेवा सम्बन्धि समस्या जटिल बन्दै गएको छ । साथै बिरामीको रोगको निदान भन्दा पनि नाफामूखी संस्था संचालन तथा अस्वस्थ व्यवसायी करणले यो समस्या झनै विकराल बन्दै गएको छ । तसर्थ सम्बन्धित विषयमा स्नातक, स्नातकोतर, विद्यावारीधि गरेका र औषधी विज्ञानका साथै अन्य स्वास्थ्य सेवासँग संबन्धित विषय तथा शिक्षा क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका बिज्ञहरुको सामुहिक प्रयासमा एउटा सेवा मुखी र नमूना स्वास्थ्य कम्पनि खासहेल्थ प्रालिको परिकल्पना गरी यस अन्तर्गत “खास सामुदायि कफार्मेसी” को स्थापना गरेका छन । 
            रोगको उचित निदान, निदान पछि उचित औषधी, औषधी सेवन गर्ने उचित विधि तथा सम्पूर्ण परामर्श दिई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सस्थाको उदेश्य रहेको छ । र्मेसी, विश्वसनीय प्रयोग शाला र स्वास्थ्य परामर्श क्लिनिक सेवा सहितको एकिकृत (९क्ष्लतभनचबतभम) स्मार्ट फार्मेसी धनगढी उप–महानगपलिका चटकपुर सहिदगेट नजिकै अवस्थित “खासफार्मेसी” शनिबार अर्थात कार्तिक १७ गते उद्घाटन भई संचालनमा आउने तयारी भैरहेको कम्पनीका सस्थापक तथा व्यवस्थापक चक्र जोशीले जानकारी दीए । 
            समाजमा कोही पनि स्वास्थ्य सेवाबाट वन्चित नहोस, परामर्शको अभावमा कसैको ज्यान नजाओस, नाफा मूखी तवरले स्वास्थ्य सेवामा अस्वस्थ प्रतिस्पर्धा नहोस र हाम्रो प्रयासको अनुसरण गर्दै देशले पनि उचित कानुनको व्यवस्था गरी स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने छ । यसका लागि खास सामुदायिक फार्मेसी प्रोजेक्टले महत्वपूर्ण सहयोग पुर्याउने दृढ विश्वास रहेको खासहेल्थ कम्पनीका अध्यक्ष डा. गणेश बिष्टले जानकारी दीए । 
              गुणस्तरीय स्वास्थ्य सेवा एकल प्रयास भन्दा पनि सम्पूर्ण स्थानीय निकायको परस्पर समन्वय तथा सर्वसाधारणको एकिकृत प्रयासबाट सफल हुन्छ । यसलाई अझै प्रभाकारी बनाउन सबैको साथ, हौसला र सहयोगको आवस्यकता रहेको कम्पनीका सस्थापक तथा भागेस्वर एकेडेमी फर हेल्थ साइन्सका सह–अध्यापक फर्मासिस्ट राममिलन रानाले अवगत गराए । 
     देश बिदेशमा रहेका बिज्ञहरुको सामुहिक प्रयासबाट नेपालको स्वास्थ्य बिज्ञान तथा प्रबिधि क्षेत्रमा विकास गर्नको लागि स्तरीय विश्वविद्यालय, औषधि र कस्मेटिकर पोष्टिक खाध्य उद्योग, सामुदायिक स्मार्ट फार्मेसी, सुबिधा सम्पन्न मेडिकल सेन्टर तथा अन्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापना गरी रोजगारी सिर्जना गर्ने साथै उत्पादनमुलक कार्य गरि राष्ट्रको दिगो विकासमा सहयोग पुर्याउन खासहेल्थ कम्पनिले विभिन्न प्रोजेक्ट तयार गर्दै गरेको कम्पनीका एक सथापक तथा निर्देशक डा. तारामान कडायतले जानकारी दीए ।