Close This

साईपालमा पर्वतारोहीको चहलपहल (फोटो फिचर)

शनिबार कार्तिक १७, २०७५/ Saturday 11-03-18
Paschim Today

बसन्त प्रतापसिंह
साईपाल हिमाल चढेर किर्तिमान कायम गर्ने अठोटसंगै आठ दिन अघि चार जना बझाङी चेलीहरुसंगै आधारशिविर औंलागाड पुगेका विश्व विख्यात आरोहीहरुको आरोहणको प्रयास जारी रहदा साईपाल क्षेत्रको रौनक नै बेग्लै भएको छ ।
प्रायः सुनसान रहने औंलागाडमा यतिबेला २१ जना पर्वतारोही र सयभन्न्दा बढि भरिया छन् । र आधार शिविरमा यत्रतत्र पर्वतारोहीका टेण्ट । र त्यो क्षेत्रका वरीपरी टांगिएका ध्वजा पताकाले साईपालको आधार शिविर कम्ति रमणीय भएको छैन ।


बझाङ जिल्लाका कसैले पनि हाल सम्म कुनै हिमाल आरोहण गरेका छैनन । पहिलो पटक साइपाल गाउ“पालिकाका लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाउ“पालिकाकी पवित्रा बोहरा र तल्कोट गाउ“पालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन । उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते तिर आरोहण गर्नेछन । यो हिमालको दक्षिणी मोहडाबाट हाल सम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन । 


उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका  आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल वेसक्याम्प रहेको क्षेत्र साइपाल गाउ“पालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन । 


आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिन सम्म साइपाल क्षेत्रमा रहने र  मौसम अनुकुल हुने वितिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए । 


‘औंलागाड क्षेत्र झिलिमिली भएको छ’ साइपाल गाउ“पालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पाटन भरी टेन्ट र पताका टा“गिएका छन । आरोहीहरुलाई सहयोग गर्ने भरीया र सहयोगीको लस्कर बाटै भरी छ । एउटा मान्छे पनि भेटन मुश्किल हुने यो सिजनमा यहा“को रौनक नै बेग्लै देखिएको छ’ उनले आरोहण दललाई सहयोग गर्नका लागि १ सय ५० जना भन्दा बढी स्थानिय भरियाहरु पनि समुन्द्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको बेसक्याम्प सम्म पुगेको बताए । 
यस अघि आरोहण दललाई जिल्लाको वित्थड चिर, गाउ“पालिका, जयपृथ्वी नगरपालिका, तल्कोट र साइपाल गाउ“पालिकामा भव्य स्वागत गरिएको थियो । उनिहरुलाई स्थानिय कला संस्कृति झल्काउने झा“कीहरु र बाजा गाजा सहित स्वागत गरिएको थियो । विश्व विख्यात आरोहीहरु बझाङ आएको र यहा“का चेलीहरुले हिमाल आरोहण गर्न देखाएको साहसको सम्मानमा स्वागत गरिएको तल्कोट गाउ“पालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए ।

उनले विश्व रेर्कडधारी आरोहीहरु साइपाल क्षेत्रमा आउनुले यहा“को पर्यटकीय सम्भावनाको प्रचार प्रसार हुने आशा व्यक्त गरे । 
हिमाल आरोहणको विषयमा खासै चर्चा नहुने यस जिल्लामा स्थानिय महिलाहरुले साइपाल चढन लागेको विषय अहिले निकै चर्चामा रहेको छ । स्थानिय रेडियोले यसको निरन्तर फ्लोअप गरिरहेका छन् भने आरोही महिलाहरुलाई शुभकामना दिएका सन्देशहरुले सामाजिक संजालहरु रंगिएका छन । 


आफुहरुको हिमाल चढने सपनालाई जिल्लाबासीले गरेको स्वागतले थप बल पुर्याएको नव आरोहीहरुले बताएका छन । ‘हामी इतिहास रच्ने कुरामा विश्वस्त छौ’ आरोही मध्येकी एक लक्ष्मी बुढाले भनिन ‘जिल्लाबासीले गरेको सम्मान र स्वागतले हाम्रो आ“ट झन बलियो भएको छ’