Close This

सुदूरपश्चिम क्लबको कार्यालय उद्घाटन

आइतबार कार्तिक १८, २०७५/ Sunday 11-04-18
Paschim Today

धनगढी, १८ कार्तिक ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबको कार्यालय उद्घाटन गरिएको छ । दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर क्लबले शुभकामना आदानप्रदान कार्यक्रम गर्नुका साथै धनगढी–२, मा आफ्नो कार्यालयको उद्घाटन गरेको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र धनगढी उपमहानगरका मेयर नृपबहादुर वडले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । 
सो अवसरमा मन्त्री सोडारीले खेलकुदको विकासका लागि प्रदेश सरकारबाट पहल भइरहेको बताए ।  प्रदेश सरकार सुदूरपश्चिममा खेलकुद क्षेत्रको विकासका लागि तयार रहेको बताउँदै उनले निजि स्तरबाट हुने प्रतियोगितामा आवश्यक सहयोग गरिने बताए ।
क्लबले गर्दै आएको गोल्डकप प्रतियोगिता संचालनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । गोल्डकप प्रतियोगिताले यस क्षेत्रको खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनले बताए । 
धनगढी उपमहानगरपालिका प्रमुख वडले यहाँ हुने गरेका हरेक खेलकुद प्रतियोगितालाई उपमहानगरले सहयोग गरिरहेको बताए । आगामी दिनमा पनि उपमहानगरबाट हुनसक्ने सहयोगका लागि आफू तत्पर रहेको उनको भनाइ थियो ।
 श्विमा गोल्डकपहरु सरकारकै लगानीमा भइरहे पनि नेपालमा निजि क्षेत्रकै पनि न्यून सहभागिताका कारण गोल्ड कप प्रतियोगिताहरु पर्याप्त रुपमा हुन नसकेको सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए । 
देशमा हरेक वर्ष हुने १९ वटा गोल्डकपमध्ये सबैभन्दा कान्छो गोल्डकपका रुपमा उदाएको खप्तड गोल्डकपका आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले छोटो समयमा राम्रो उपलब्ब्धी गर्न सफल भएको छ । विगत ३ वर्षदेखि गोल्डकपको आयोजना गर्दै आएको क्लबले छोटो समयमा खप्तड गोल्ड कपलाई पहिलो स्थानमा पार्न सफल भएको छ । 
अखिल नेपाल फुटवल संघले वर्गिकरण गरेका देशका १९ वटा गोल्डकपमध्ये खप्तड गोल्डकप देशको उत्कृष्ट गोल्डकप बनेको छ । सुदूरपश्चिममा सरकारी पक्षबाट खेलकुद क्षेत्रमा खासै लगानी नभए पनि निजि क्षेत्रको लगानीका कारण खेलकुद क्षेत्रको बिकास हुँदै गएको छ ।