Close This

काँग्रेसको शुभकामना आदानप्रदान

आइतबार कार्तिक १८, २०७५/ Sunday 11-04-18
Paschim Today

धनगढी, १८ कार्तिक ।
    नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्य समितिले दीपावली तथा छटको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । 
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नेपाली काँग्रेस नेपाली जनता र नेपाली भूमिको आवश्यकताका आधारमा जन्मिएको पार्टी भएकाले यसले गर्ने चियापान कार्यक्रमको फरक मौलिकता रहेको बताए । उनले भने, ‘यो परम्परा हिजो थियो, आज छ, भोलि रहन्छ ।’ 
काँग्रेसका महासमिति सदस्य नारायण भट्टले काँग्रेस विधि, पद्धति र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने, ‘विदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेसबीचको भिन्नता यही हो ।’
नेपाल महिला संघका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालीकाका उपप्रमुख सुशिला भट्ट मिश्रले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने, सबै नेता कार्यकर्ताले भलाकुसारी गर्ने नेपाली कांग्रेसको परम्परा भएको बताइन् ।
 यसलाई नेता कार्यकर्ताको भेटघाट गर्ने मेलोको रुपमा नबुझेर नेपाली काँग्रेसको संस्कारका रुपमा बुझ्न उनले सुझाव दिइन् ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन काँग्रेसका सबै तहले चियापान कार्यक्रमको आयोजना गर्ने गर्दछन् । काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण यस पटक चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम ढिलो हुन गएको काँग्रेस कैलालीका जिल्ला सदस्य केशव मिश्रले बताए ।