Close This

मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न आग्रह

सोमबार कार्तिक १९, २०७५/ Monday 11-05-18
Paschim Today

धनगढी, १९ कात्तिक ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आधारभूत मापदण्ड पूरा गरेरमात्रै विद्यालय चलाउन आग्रह गरेका छन् ।
प्याब्सन कैलालीले आईतबार धनगढीमा आयोजना गरेको दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो आग्रह गरेका हुन । कतिपय निजी तथा आवासीय विद्यालयहरु आधारभूत मापदण्ड नै पूरा नगरेर संचालन गरिएको नगरप्रमुख वडले बताए । नगरप्रमुख वडले निजी विद्यालयलाई प्राविधिक शिक्षातर्फ जोड दिन आग्रह गरे । कक्षा ८ देखि प्राविधिक शिक्षा पढाउँदा त्यसका लागि धनगढी उपमहानगरपालिका वातावरण बनाउन तयार रहेको नगरप्रमुख वडले बताए ।
प्याब्सनका केन्द्रीय सदस्य रामजी हमालले सरकारको निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । सरकारले विभेदकारी नीति लिन नहुने सुझाव हमालको थियो । 
प्याब्सन कैलालीका अध्यक्ष पदमबहादुर सावदले आफूहरुसंग रहेका कमजोरीहरु सच्याउन निजी तथा आवासीय विद्यालयहरु तयार रहेको बताए । उनले भने, गलत मान्छेबाट हुन्छ त्यो सच्याएर अगाडि बढ्न सकिन्छ । अध्यक्ष सावदले नगरप्रमुखबाट सकारात्मक सुझाव आएको भन्दै प्रशंसा समेत गरे । उनले भने, हामी गुणस्तरीय शिक्षा दिनका लागि सधै तयार भएर लागेका छौं सरकारले अनुकुल वातावरण बनाउनुपर्छ ।