Close This

बजारको खोजीमा पुष्प व्यवसायी

सोमबार कार्तिक १९, २०७५/ Monday 11-05-18
Paschim Today

धनगढी, १९ कात्तिक ।
धनगढी उपमहानगरपालीका २ पुरानो भन्सार रोडका चन्द्रबहादुर नेपालीले पुष्प खेती गरेको भए पनि कहाँ लगेर बेच्ने भन्ने समस्यामा छन् ।
चन्द्रबहादुरले आफ्नो १० कठ्ठा जमिनमा फूल (पुष्प) लगाएका छन् । फूल फुलेर पहेलै भएपनि त्यो फूल कहाँ लगेर बेच्ने उनि अन्यौलमा छन् । तिहारमा फूल बिक्री हुने आस पालेर बसेका चन्द्रबहादुर अहिलेसम्म कसैले पनि माग नगर्दा चिन्तित छन् । कैलालीमा ठूलो मात्रामा पूुलको माग भएपनि भारतबाट आयातित फूलले बजार लिएको उनले बताए ।
यस पटक नाफा घाटा जे भएपनि आफू व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्ने सोचमा रहेको चन्द्रले बताए । उनले भने, अहिले रैथाने फूल नै लगाएको छु । अब उन्नत जातमा पनि लगाउँछु । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पुष्प व्यवसाय गर्नेलाई आफूहरुले तालिम, बिउ तथा अनुदान दिने कुरामा प्रोत्साहित गर्ने बताए ।