Close This

बाहिनीको टिमलाई सम्मान (फोटो फिचर)

सोमबार कार्तिक १९, २०७५/ Monday 11-05-18
Paschim Today

धनगढी, १९ कात्तिक ।
सशस्त्र प्रहरी महानिरीक्षक कप २०७५ मा सहभागी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय अत्तरियाको टिमलाई स्वागत तथा सम्मान गरिएको छ । 


बाहिनी मुख्यालय अत्तरियामा कार्यक्रमको आयोजना गरी बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले स्वागत र सम्मान गरेका हुन । सम्मान कार्यक्रम पूर्व खेलाडी र ट्रफीलाई बाजागाजा सहित अत्तरिया परिक्रमा गराइएको थियो ।

सशस्त्र प्रहरी महनिरीक्षक कप २०७५ मा फुटबल, भलिबल र एथलेटिक्समा भएका खेलमा रहेको १५ स्वर्ण, १५ रजत, १५ कास्य गरी ४५ मध्ये अत्तरियाको टोलीले ६ स्र्वण, ६ रजत र ९ कास्य गरी २१ वटा पदक जितेको थियो । 


स्वागत कार्यक्रममा बाल्दै बाहिनीपति थापाले जनताको सुरक्षासंगै खेलक्षेत्रमा उत्कृष्ट भएकोमा खेलाडीलाई धन्यवाद दिए । अर्को वर्ष हुने सशस्त्र प्रहरी महानिरीक्षक कप सुदूरपश्चिममा हुने उद्घोष गर्दै बाहिनीपति थापाले खेल क्षेत्रमा अझै प्रगति मिल्नेमा आशावादी रहेको बताए । 


सीमा क्षेत्रमा अपराधिक गतिविधि विगत वर्ष भन्दा केहि कम हुदैँ गएको बताउदै बाहिनीपति थापाले निगरानीमा भने कमी नगर्न निर्देशन दिए । चालू आर्थिक वर्षमा देखाएको उपस्थितिले चोरी तस्करीमा कमि भएको बताउँदै उनले राजस्व संकलनमा पनि बढोत्तरी भएको बताए ।


भारतमा काम गर्ने नेपाली कामदार फर्किदा सीमामा सजिलोका लागि सयुक्त हेल्प डेक्स स्थापना गरेको बताउँदै उनले गड्डा चौकी नाकामा अझै सहज हुन नसकेको उल्लेख गरे ।