पीपीएलको फाइनलमा चितवन र पोखरा भिड्दै

SITENAME

पोखरा, २० कात्तिक । 
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ ।

पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज मध्ये कुनै टिमले पहिलो पटक आयोजना भएको पीपीएलको उपाधि जित्ला ? कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन र शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा आमनेसामने हुदैछन् ।


दुबै टिम उतिकै बलियो रहेका छन् । दुई टिमको लक्ष्य एकले अर्कालाई पराजित गर्दै सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिगको उपाधि उचाल्नु रहेको छ । यसअघि हिजो सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि दुबै टिमका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

लिग चरणको खेलमा भने पोखरा पल्टनले ५ विकेटले चितवनलाई पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

आजको फाइनल खेलमा भने कप्तान पारसको टिम चितवन बदला लिने दाउँमा छ तर पोखरा भने आफ्नो जितलाई निरन्तरता दिदै उपाधि उचाल्ने रणनीतिमा छ ।

यसअघि चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यता, पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो ।

त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस
SITENAME

आइपीएलको नयाँ सिजनमा पनि सन्दीप दिल्लीबाटै खेल्ने

काठमाडौं, ३० कात्तिक ।  इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले नयाँ सिजनका लागि पनि

SITENAME

एलपिएलमा सरस्वती माबि र बुद्ध एकेडेमी बिजयी

धनगढी, २९ कार्तिक ।  धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर टि–२० प्रिमियर अन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती मा.बि. गेटा कैलालीले भक्तपुर निस्ट

SITENAME

निष्ट एलपिएलमा कैलाली मोडेल र एबीसी नेपालगंज विजयी

धनगढी, २९ कार्तिक ।  धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत दोस्रो दिन भएका