Close This

गायक जोहारीको नयाँ गीत ‘याँ सम्झिन्या कोई भएन’ आउँदै

बुधबार फागुन २, २०७४/ Wednesday 02-14-18
Paschim Today

धनगढी । 
गायक वीरेन्द्र जोहारी र गीतकार पदम खड्काको नयाँ देउडा गीत यसै साता बजारमा आउने भएको छ । स्रजकद्वय जोहारी र खडकाले ‘याँ सम्झिन्या कोई भएन’ बोलको अडियो र भिडियो एकसाथ बजारमा ल्याउन लागेका हुन । पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन्न् । जोहारीले यसअघि ल्याएको ‘मुइ डोलि चडन्या बेला’ गीत भारत कुमाउ गडवाल देखि पश्चिम नेपालमा निकै चर्चित बनेको छ । ‘याँ सम्झिन्या कोई भएन’ भन्ने गीतलाई काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको छ । म्युजिक भिडियोमा राजेश खड्का र अहिलेका ब्यस्त नायिका करिश्मा ढकालले अभिनय गरेका छन् । 
म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’को निर्देशन र हरिश महराको छायांकन रहेको छ । सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु अत्यन्तै मन पराएको पाइन्छ । पछिल्लो समय पश्चिम नेपाल देश भरी डेउडा गीतले केहि बजार लिन थालेपछि गितहरु बजारमा आउन थालेका छन । डेउडा गित चल्न छाडेपछि अहिले बजारमा डेउडा रीमिक्स गितहरु बजारमा आउन थालेका छन ।