‘कम्युनिष्ट सरकार पाँच वर्ष टिक्दैन’ – बलायर

मंगलबार कार्तिक २०, २०७५/ Tuesday 11-06-18
Paschim Today

धनगढी, २० कात्तिक । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कम्युनिष्टहरुको सरकार पाँच वर्ष नटिक्ने बताएका छन् । 
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका बलायरले यस्तो ठोकुवा गरेका हुन । उनले दुई तिहाईको सरकारका गतिविधिका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । नेता बलायरले नेकपाकाका जनप्रतिनिधिहरु भ्रष्टाचारबाटमुक्त हुन नसकेको बताए । उनले भने, नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भ्रष्टाचार भैरहेको    छ । 
निर्मला पन्तको हत्यारा केपी ओलीको कार्यकर्ता भएको आरोप पनि कांग्रेस केन्द्रीय सदस्य बलायरले लगाए । उनले भने, हत्यारा पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्छ भन्नुको आशय भनेकै यही हो । 
सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ताल गाउने विषयमा गम्भीर नभएको बताए । उनले भने, एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ ।’ कम्युनिष्टहरुको सरकार आएपछि देश महंगीमा डुबेको नेता बलायरले बताए । यस पटक बस व्यवसायीले होईन सरकारले दशैंको मुखमा भाडा बढायो । उनले भने । 
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाहले अहिलेको अवस्थामा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ सभापती शाहले भने, लोकतन्त्रको रक्षाका लागि खबरदारी आवश्यक छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य नारायण भट्टले नेपाली कांग्रेस विधी पद्धति र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने, विदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेसबीचको भिन्नता यही हो । नेताकार्यकर्ताले भलाकुसारी गर्ने नेपाली कांग्रेसको परम्परा भएको नेता भट्टले बताए । कार्यक्रम नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ का सभापती हरिष खड्काको सभापतित्वमा भएको थियो ।