Close This

साढे सात लाखको माला आयात

मंगलबार कार्तिक २०, २०७५/ Tuesday 11-06-18
Paschim Today

धनगढी, २० कात्तिक ।
कैलालीको प्रमुख नाका त्रिनगर भन्सार भएर साढे सात लाख भन्दा बढी रुपैयाको कृत्रिम माला तिहारका लागि आयात गरिएको छ । 
    सयपत्री र मखमली फूलको माला प्रयोग हुने तिहारमा हिजोआज कृत्रिम मालाको प्रयोग पनि बढ्दो छ । कृत्रिम मालाको आकर्षण बढेसंगै सोमवारसम्म भारतबाट सात लाख ४७ हजार ६८८ रुपैया बराबरको कृत्रिम माला आयात भएको त्रिनगर भन्सार कार्यालयले जानकारी दिएको छ । 
    अहिलेसम्म दुई हजार चार सय ६४ किलो कृत्रिम माला त्रिभिएको भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए । उनले रंग, फूल, दियो पनि आयात भएको जनाए ।