Close This

खक्रौला नाकामा बिओपि स्थापना (फोटो फिचर)

बुधबार कार्तिक २१, २०७५/ Wednesday 11-07-18
Paschim Today

धनगढी, २१ कार्तिक । 
कैलालीको टिकापुर नगरपालिका स्थित खक्रौला सिमा नाकामा बिओपि स्थापना गरीएको छ  । सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापा र टिकापुर नगरपालिकाका प्रमुख तेपेन्द्र रावलले सयुक्त उद्घाटन गर्नु भएको हो ।

     सरकारले खक्रौलामा भन्सार स्थापना गरेपछि सुरक्षका लागि बिओपि स्थापना गरीएको हो । बिओपि स्थापिय बासि खुसि भएका छन । उनिहरुले बिओपि स्थापना भएपछि त्यस क्षेत्रमा हुने चोरी तस्करी रोकिनुका साथै अपराधमा पनि कमि हुने बताएका छन । कार्यक्रममा बोल्दै बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले सिमामा हुने अपराधिक गतिबिधि रोक्न र देशको राजस्व बृद्धीका दत्तचित्त भएर लाग्न सबैलाई निर्देशन दीनुभयो ।

    टिकापुर नगरपालिकाका प्रमुख तेपेन्द्र रावल भन्सार र बिओपिका लागि चाहिने आवश्यक पर्ने पुर्वाधारका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बिओपिमा अहिले धोज बिक्रम शाहिको कमान्डमा उक्त क्षेत्रमा टोलि खाटाईएको छ ।