Close This

जनताको जीवनस्तर उकास्न औद्योगिक क्रान्ति आवश्यक – मन्त्रि भट्ट

बिहीबार कार्तिक २२, २०७५/ Thursday 11-08-18
Paschim Today

डडेल्धुरा, २२ कार्तिक ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले जनताको जीवनस्तर उकास्नलागि औद्योगिक विकास आवश्यक रहेको बताएकी छन्। बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले सरकारको जनतालाई रोजगारीसँग जोड्ने उद्देश्य रहेको बताएकी हुन्। उनले जनताको जीवनस्तर उकासन सरकारले गाउँ–गाउँमा साना उद्योग खोल्ने बताइन्।

     ठूला मझौला घरेलु उद्योगहरू स्थापन गर्नेतिर पनि सरकारले योजना बताइरहेको उनको भनाइ थियो। उनले कामसँग जनतालाई जोड्ने उद्देश्यले गाउँमा भटमास, जुसलगायतका उद्योगहरू सञ्चालन गर्ने बताइन्।सुदूरपश्चिम प्रदेशमा पर्यटनका धेरै नै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यहाँको पर्यटन विकासमा सरकार योजनाबद्ध ढंगले काम गरिहरेको बताइन्।

       अहिले छुट्याएको बजेटले धेरै काम नभए पनि सरकारलले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो। उनले शुरुमा यहाँका पर्यटकीय क्षेत्रको आन्तरिक रूपमा प्रचार(प्रसार गर्नु पर्नेमा जोड दिइन्। यस क्षेत्रलाई सबैको आकर्षकको केन्द्रविन्दू बनाउनका लागि पर्यटन मन्त्रालयबाट योजना बनाइरहेको उनले जानकारी समेत दिइन्।

       अहिले औद्योगिक विकास र पर्यटनको विकास गर्नु जरुरी रहेको उनको भनाइ थियो। यी दुईवटा कामले यस क्षेत्रका नागरिकलाई अग्रस्थानमा पुर्‍याउनको उनको दाबी छ। उनले यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पूर्वाधार तयार गर्नतर्फ लाग्नु पर्ने औँल्याइन्।