Close This

मोहनामा डुबेर बेपत्ता भएकाको शब फेला (फोटोफिचर)

बिहीबार कार्तिक २२, २०७५/ Thursday 11-08-18
Paschim Today

धनगढी २२, कार्तिक । 
धनगढी उपमहानगरपालिकाको फुलबारीमा मोहना नदीमा डुबेर बेपत्ता भएकाकोे शव फेला परेको छ । धनगढी उप–महानगरपालिका १९ का कृष्ण वलीको शव हिजो शाझ अबेर फेला परेको हो । वली मगलबार देखि मोहना नदीमा डुबेर बेपत्ता भएका थिए । 
    सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले हिजो बेलुका ६ बजे शव निकालेको हो ।  घटनाको नेपाल प्रहरीले मुचुल्का उठाएर सब पोष्टमार्टमका लागि सेति अन्चल अस्पतालको सब गृहमा राखिएको छ । 


     सशस्त्र प्रहरी निरिक्षक पुरुषोतम भण्डारीको नेतृत्वमा २ जना गोताखोर सहितको टोली खोजी कार्यमा खटिएको शसस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेड क्वाटर कैलालीका निमित्त प्रमुख डिएसपि बिष्णु भट्टले जानकारी दीनुभयो । 
   

सशस्त्र प्रहरी नेपालको गोताखोर टोली बझाङमा सेति नदीमा डुबेर बेपत्ता भएका जवानको शव खाज्न शुदुर पश्चिम आएको निमित्त प्रमुख भट्टले जानकारी दीनुभयो ।