Close This

नगरप्रमुख वडले कैदी बन्दी संगै खाना खाए

बिहीबार कार्तिक २२, २०७५/ Thursday 11-08-18
Paschim Today

धनगढी, २२ कार्तिक ।
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले बिहिबार बिहानको खाना जिल्ला कारागार शाखा कैलालीका कैदी बन्दी संगै खाएका छन् ।
दशै तिहार हरेक नेपालीले मनाउन पाउनु पर्ने र एक छाक भएपनि मासु भात खानपाउनु पर्ने भन्दै दशैमा समेत कैदिबन्दीहरुलाई खसीको ब्यबस्था गरेका थिए । दिपावलीको समयमा पनि कारागारमा रहेका कैदिवन्दीका लागि खसीको ब्यबस्था गरेका नगरप्रमुख वडले बिहीबार उनिहरु संगै खाना खाएका हुन ।
कारागार भनेको सुधार गृहको रुपमा बुझ्नुपर्छ धनगढी उपमहानगरपालीकाका प्रमुख वडले भने, एक छाक भात र मासु मैले उनिहरु संगै बसेर खाएको हुँ । नगरप्रमुख वडले असल अभिभावकको भुमिका निभाएको भन्दै टिकापुर घटनाका आरोपी लक्ष्मण थारुले भने,यहाँका कैदिवन्दीका लागि तातो लुगाको ब्यबस्था गरिदिन पनि नगरप्रमुख संग माग गरेका छौं ।
जिल्ला कारागार शाखा कैलालीमा ४ सय ९ जना कैदिवन्दी रहेका छन् । यो क्षमता भन्दा तेब्बर हो ।