लक्ष्मीपूजाको दिन राधा फेरि ‘कुटिइन्’

SITENAME

धनगढी, २२ कात्तिक ।

गत वर्ष फागुनमा ‘बोक्सी’को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ ।

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी हुन् ।

२१ वर्षीया राधामाथि बुधबार साँझ कुटपिट गरेको आरोपमा स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार आफ्नै घरमा बसिरहेका बेला ‘बोक्सी’ भन्दै राधामाथि घरमै कुटपिट भएको जनाइएको छ ।

राधाले दिएको किटानी जाहेरीपछि कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते स्थानीय ‘भोलेबाबा’ भनेर चिनिने रामबहादुर चौधरीले ‘बोक्सी’ भगाउने भन्दै राधामाथि निर्घात् कुटपिट गरेका थिए ।

कुटपिट अभियोगमा रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् । ईमेजखबरबाट

प्रतिकृया दिनुहोस
SITENAME

भट्टको हत्या प्रकरण अत्तरीयाका राजु कडायत पक्राउ 

धनगढी, ८ माघ ।  कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियामा धारिलो हतियार प्रहार गरी २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप १ जना

SITENAME

डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते 

डडेल्धुरा,  ८ माघ ।  डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर

SITENAME

सुदुरपश्चिमका पहाडी जिल्लामा हिमपात (फोटोफिचर)

धनगढ, ८ माघ । सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । सोमबार राति देखि परेको अबिरल बर्षा पछि आज बिहानबाट हिमपात सुरु भएको हो । हिमपात सुरु