Close This

सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले कहा लगाए टिका ? 

शुक्रबार कार्तिक २३, २०७५/ Friday 11-09-18
Paschim Today

धनगढी, २३ कार्तिक । 
सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले विभिन्न स्थानमा शुक्रबार भाइटीका लगाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमै भाइटीका लगाएका छन् । 

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीकाअनुसार भाइटीकाका लागि डोटीमा रहेकी एक मात्र बहिनी पशुपति अवस्थीलाई उनले धनगढी बोलाएर त्यहीँ टीका लगाएका हुन् ।

 

सभामुख थापाले कहाँ लगाए टिका ?

स्वकिय सचिव कबिन्द्र रोकायाकाअनुसार सभामुख अर्जुनबहादुर थापाले धनगढी वडा नं. १ शिवनगरस्थित आफ्नो घरमा भाइटीका थापेका छन् । उनले ७१ वर्षीया दिदी हिरा बोगटीसँग भाइटीका लगाएका हुन् ।

 

सामाजिक विकास मन्त्री  सोडारीले कहाँ लगाए टिका ?

सामाजिक विकास मन्त्री दीघ सोडारीले धनगढीस्थित सरकारी सुविधाको निवासमा आफ्नै बहिनी रम्भा सोडारी र धर्मबहिनी नेत्रा नाथको हातबाट भाइटीका ग्रहण गरेका छन् । 

 

भौतिक पूर्वाधार विकास मन्त्री बोहराले कहाँ लगाए टिका ?

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् । टीका थाप्न डडेल्धुरोको परशुराम नगरपालिका–४ कटान पुगेका मन्त्री बोहराले आफ्ना चार बहिनीहरु सीतादेवी धामी, धनदेवी बोहरा, तारादेवी साउद र सरुदेवी धामीसँग परशुराम–४ स्थित आफ्नै घरमा भाइटीका लगाएका हुन् ।

 

आर्थिक मामिला तथा योजनामन्त्री बोहराले कहाँ लगाए टिका ?

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले धनगढी–४ स्थित आफ्नै घरमा दिदी नन्दा बोहरालाई बोलाएर भाइटीका थापेका छन् ।

 

कृषि तथा सहकारी मन्त्री चौधरीले कहाँ लगाईन टिका ?

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बर्दियास्थित माइती घरमा गएर दाजुभाइलाई भाइटीका लगाइदिएकी छिन्। 

 

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले कहाँ लगाए टिका ?

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका प्रकाश रावलले चार जना दिदीबहिनीको हातबाट महेन्द्रनगरस्थित आफ्नै घरमा भाइटीका लगाएका छन् ।

 

आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले कहाँ लगाए टिका ?

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको दाइ बितेको हुनाले उनले भाइटीका लगाएनन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टकी ८० वर्षीया आमा हरिकलादेवी चन्द गतवर्ष निधन भएकोले यसपटक उनको पनि भाइटीका थिएन ।