जंगलीहात्तीको झुन्डले घर भत्कायो

SITENAME

कन्चनपुर, २३ कात्तिक । 
तिहारको दिनमै कन्चनपुरको बेदकोट नगरपापलिका–१०, रानादैजीका तीनजनाको घर जंगलीहात्तीको झुन्डले भत्काइदिएको छ ।

बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुन्डले भत्काएको हो ।

हात्तीले घर भत्काइ भन्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ ।

लुगा, कागजपत्र, बाकस, ग्यास सिलिन्डर, दराज, पंखा, टीभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ ।

घरनजिक लगाएको तरकारी नस्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुन्डले उखेलेको छ ।

राति १२ बजे २० भन्दा बढीको संख्यामा रहेको हात्तीको झुन्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो ।

हात्तीको झुन्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए ।

‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो’–उनले भने–‘घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर बिचल्लीमा पारेको छ ।’

‘ज्यान त बल्लतल्ल जोगायौं’, घर जोगाउन सकिएन’–उनले भने ।

अन्न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का खेमराज रानाले बताए ।

उनले भने–‘हात्तीले बिजोग पार्‍यो । खानासमेत अरुबाट मागेर खानुपरेको छ ।’

खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

यसैबीच, शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिए ।

उनकाअनुसार हात्तीको झुन्डले तीनओटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नस्ट गरेको छ ।

खड्काले भने–‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ । तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।’ रासस

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुरामा जीप दुर्घटनामा दुई जनाको मृत्यु

डडेल्धुरा, १ मंसिर । डडेल्धुधराको भागेश्वर गाँउपालिका –४ बगरकोट नजिकै आज बिहान जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तिमा

SITENAME

धनगढीमा एक युवकको हत्या, रक्ताम्य शव घिसार्दै गर्दा पक्राउ

धनगढी, १ मंसिर ।  सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार एक युवकको हत्या भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत प्रदेश

SITENAME

मन्त्रालयसंग समन्वय गरेर काम गर्न आग्रह

धनगढी, १ मंसिर ।  सुदूरपश्चिम प्रदेशको समग्र विकासको सवालमा शुक्रवार धनगढीमा ‘विकास सम्वाद’ कार्यक्रम भएको छ ।      सामाजिक विकास