Close This

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

वझाङ, २७ कार्तिक ।
दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । 
विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए । 
    विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उनले बताए । उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।
प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् ।