Close This

सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदीले सपथ खाए

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

धनगढी,२७ कार्तिक ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा कृष्ण  सुवेदीलाई नियुक्त गरिएको छ ।

सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई हटाए लगत्तै सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको हो ।
उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आज अपरान्ह ४ बजे मन्त्रीको शपथ खुवाए । 

पदिय आचरण विपरित कार्य गरेको, पार्टीलाई उपेक्षा गरेको, स्वेच्छाचारी भएर मन्त्रालय चलाएको सोडारीमाथि आरोप छ । 

उनलाई यसअघि नै हटाउन नेकपाबाट दवाव आएपनि सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले उनलाई जोगाएका थिए । निकै ठूलो दवावछि रावल पछि हटेपछि सोडारीको हातबाट मन्त्री पद गुमेको हो । बिगतमा फरक खेमामा भएपनि हाल उनी रावलका विश्वासपात्र मानिन्छन ।  

सामाजिक विकास मन्त्रीबाट हटाईएका सोडारीले भने सञ्चारकर्मीसंगको कुराकानीमा आफू पार्टीभित्रको गुटबन्दको शिकार भएको प्रतिक्रिया दिए । 

पदिय आचरण विपरित कार्य गरेको, पार्टीलाई उपेक्षा गरेको, स्वेच्छाचारी भएर मन्त्रालय चलाएको सोडारीमाथि आरोप छ ।

एक सञ्चारकर्मीले दिउसो अढाई बजे फोन गर्ने क्रममा मन्त्री भनेर सम्बोधन गर्दा सोडारीले आफू पूर्वमन्त्री भईसकेको समेत बताएका थिए ।