Close This

संगठन निर्माणमा जुट्न निर्देशन

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

धनगढी, २८ कार्तिक । 
नेपाली कांग्रेस कैलालीका पार्टी सभापती नरनारायण शाह ‘मनु’ ले संगठन निर्माणमा जुट्न जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस धनगढी नगर कार्य समितिले बडादशैं, शुभदिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पार्टी सभापतीशाहले मंसिर देखि फागुन सम्मको समय संगठन निर्माणका लागि उपयुक्त हुने बताए ।
उनले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग समन्वय गर्न पनि वडा तथा जिल्लाकार्य समितिका पदाधिकारीसंग आग्रह गरे । उनले भने–हामी समन्वयमा चुकिरहेका छौं । आगामी दिनमा यस्तो हुनुहुदैन । अहिलेको अवस्थामा झिानामसिना स्वार्थमा लागेर पार्टी संगठनलाई कमजोर बनाउन नहुने पनि सभापती शाहले सुझाव दिए ।
नेपालीकांग्रेस धनगढी नगर कार्य समितिका सभापती नृपबहादुर वडले गुट उपगुटका कुरा गरेर संगठन कमजोर बनाउनतिर नलाग्न नेता तथा कार्यकर्तासंग आग्रह गरे । नगरसभापती वडले पार्टीको क्रियाशिल सदस्यता वितरण गर्दा ब्यापक छलफल गर्न समेत वडा सभापतीलाई आग्रह गरे । उनले कृयाशिल सदस्यहरुलाई सक्रिय भूमिका निभाउन आग्रह गरेका छन् ।