Close This

बेरोजगार युवाले रोजगारि पाउने – उद्योग पर्यटन मन्त्री भट्ट

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

बैतडी, २८ कार्तिक । 
शुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले बेरोजगार युवाले रोजगारि पाउने बताउनु भएको छ । जनताको घरदैलोमा गएर जनता भेटघाट कार्यक्रम गरिरहनु भएकी मन्त्रि भट्टले बैतडीको पन्चेश्वरमा सो कुरा बताउनु भएको हो । 
प्रदेशका सबै जिल्लामा विभिन्न रोजगारिका अवसर रहेकाले अवसरको सदुपयोग गर्न सबैलाई आग्रह समेत गर्नु भयो । सरकार अहिले देशलाई कसरी समृद्ध वनाउन सकिन्छ भनी लागी परेकाले सरकारले सहुलियत रुपमा युवाहरुलाई व्यवसायको लागि ऋण उपलव्ध गराईरहेको वताउनु भयो । 
मन्त्री भट्टले जिल्लामा उद्योग कलकारखानाको लागि कच्चा पदार्थको उपलव्धताको सम्भावना भएकाले यसको उपभोगका लागि स्थानिय सरकारले चासो देखाउनु पर्ने बताउनु भयो । रोजगारी श्रीजना गर्न स्थानिय सरकारलाई गर्न प्रतिबद्ध रहेको बताउदै उहाले स्थानिय तहमा उपलव्ध हुने स्रोत साधनको सदुपयोग गरि उद्योगको निर्माण गरेमा सबैले रोजगारि पाउने बताउनु भयो । 
मन्त्री भट्टले जिल्लामा पुरातात्वक धार्मिक प्रयाटकिय स्थलहरु प्रसस्त मात्रामा रहेकाले यिनीहरुको संक्षण र संवद्धन गरि यिनिहरुको प्रचार प्रशार गरि प्रयटन क्षेत्रको विकास गर्नमा पनि आफु प्रतिवद्ध भएर लागेको वताउनु भयो । साथै सुदुरपश्चिम प्रदेसको उद्योग प्रयटन वन तथा वातावरण मन्त्रालयले बैतडी र डोटीमा ओद्योगिक क्षेत्र घोषणा गरेको छ ।

त्यसमा बैतडीको पञ्चेश्वर गाउँपालिका पनि परेको छ । पञ्चेश्वर गाउँपालिकाको जनता भेटघाट कार्यक्रममा वोल्दै सुदुरपश्चिम प्रदेसकी उद्योग प्रयटन वन तथा वातावरण मन्त्री मया भट्टले सो कुराको जानकारी गराउनु भएको हो ।

मन्त्री भटट्ले आफु कहिले संगठन सुदृढ गर्न, कहिले जनतालाई सकरात्मक सोचको विकास गर्न त कहिले भोट माग्न आएको र आज जनताको मतको कदर गर्दै यहाँका जनताको पिर मार्का वु्झन र याहाँको समस्या वुझेर समस्याको समाधान गर्नको लागि पहल गर्न जनताको घरदैलोमा आएको वताउनु भयो ।

पञ्चेश्वर गाउँपालिकामा उत्पादन हुने भटमास, चिउरी, रिठा, अम्वा, कागती सन्तोला बाट विभिन्न प्ररकारका उत्पादन गर्न सकिने भएकाले अहिले गाउँपालिकालाई औद्योगि ग्राम घोषणा गरिएको वताईएको छ ।

यसै गरि यहाँ तरकारी खेती महुरी पालन वाख्रा पालन व्यवसायको लागि पनि उत्तम क्षेत्र रहेको हुँदा यस गाउँपालिकालाई औद्योगिक क्षेत्र घोषणा गरिएको हो । जनताको भावना अनुसार काम गर्न र घोषणापत्रमा उल्लेख गरे वाहेकका जनाताको हित हुने विकास निर्माणका कार्य गर्नहुन पनि जनप्रतिनिधि हरुलाई मन्त्री भटट्ले निर्देशन दिनु भएको छ ।