Close This

भागदौडमा एकको मृत्यु, तीन घाइते

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

बैतडी, २९ कार्तिक । 
जात्रामा प्रहरीलाई देखेर भाग्ने भागदौड हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भागदौडको क्रममा भिरबाट लडेर मृत्यु भएको हो । 
मेलामा कुनै गलत काम भइरहेको सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोलीले जाँचबुझ गर्न जाँदा प्रहरीलाई देखेर एक्कासी भागदौड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कान्तिराज जोशीले बताए । उनले भागदौडको क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएको जनाए । 
भूमिराज मन्दिरमा लागेको रतेडी मेलामा मन्दिरबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष शेरसिंह बोहराले जानकारी दिए । उनका अनुसार त्यहाँ जुवा तास खेल्नेहरुको अखडा रहेको जनाइएको छ ।