Close This

स्थानीय तहहरुको बैठक सम्पन्न

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक । 
कैलालीका स्थानीय तहहरुको नियमित बैठक बुधवार धनगढीको भादामा सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा बसेको १४ औं नियमित बैंठकले नगरपालिका र गाउँपालिकाका सीमा विवाद सुल्झाउने, ढुंगा, गिट्टी बालुवा सम्बन्धी देखिएका विवाद सुल्झाउने, मदिराको बिक्री वितरणलाई व्यवस्थित गर्ने, पर्यटकीय स्थलको अध्ययन र कनेक्टीभिटी बढाउने, सामुदायीक पशु चौपयाको व्यवस्थापनका विषयमा छलफल तथा निर्णय भएको छ ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले विभिन्न ५ वटा विषयमा छलफल तथा निर्णयहरु भएको बताए । उनले यसरी नियमित बैठक बस्दा स्थानीय तहमा देखिएका समस्याहरु समेत समाधान गर्न सजिलो भएको बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सबै स्थानीय तहमा केहि न केहि समस्या देखिने गरेको बताए । उनले भने, नियमित बैठकमा स्थानीय तहले गरेका राम्रा अभ्यासहरु अरु स्थानीय तहसंग आदानप्रदान गर्ने गर्दछौं । बुधवारको बैठकमा धनगढीले पनि गरेका राम्रा अभ्यास आदानप्रदान गर्ने अवसर मिल्यो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले नियमित बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहले थुप्रै कुरा सिकिरहेको बताईन । उनले भनिन्, जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तरक्रिया समेत हुने गरेको छ यो आफैमा राम्रो कुरो  हो ।

बुधवारको बैठकमा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । आउदो बैठकको आयोजना चुरे गाउँपालिकाले गर्ने छ ।