Close This

बहिरा बिद्यार्थीका लागि भवन बन्दै

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक ।
बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्नका लागि धनगढीको बेलादेविपुरमा भवन निर्माण हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित दक्षिणकाली आधारभुत बिद्यालयमा ३ कोठे नयाँ भवनको बन्ने भएको हो । विल्ड अन नामक संस्था र उपमहानगरको करिब २१ लाख बरावरको सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो । 
                भवनको एक कार्यक्रमका बिच उपमहानगरको प्रमुख नृप बहादुर वडले सिलन्यास गर्नु भएको छ । दक्षिणकाली आधारभुत बिद्यालयमा बहिरा बिद्यार्थी र अन्य बिद्यार्थीहरुको पढाइ हुने गरेपनि बहिरा बिद्यार्थीका लागी छुट्टै कक्षा कोठा नहुँदा पठन पाठनमा समस्या हुँदै आएको थियो । 

गत बर्ष जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको २ कोठे भवनले मात्रै बहिरा बिद्यार्थीका लागी पर्याप्त नहुँदा विल्ड संस्थाले भवन निर्माण गर्न सहयोग गरेको हो । भवनको उद्घाटन गर्दै प्रमुख वडले अन्य बिद्यार्थी जस्तै बहिरा बिद्यार्थीहरुको जिबनस्थर परिवर्तन गर्न उपमहानगरले योजना बनाइ रहेको बताए । सबै बिद्यार्थी जस्तै बहिरा बिद्यार्थीलेपनि पढ्न सक्ने भएपनि उनिहरुलाई आवश्यक्ता अनुसारको शिक्षा नभएको उनको भनाई छ । 


स्थानिय तहसंगै प्रदेश र केन्द्र सरकारले पनि यस्ता बिद्यालयमा सहयोग गर्नुपर्ने मेयर वडको भनाई छ । विल्ड अनका इन्जिनियर गोकुल जोशीका अनुसार सामान्य सुबिधाबाट समेत बञ्चित रहेको समाजलाई परिवर्तन गर्ने संस्थाको उद्देश्य अनुसार उपमहानगरमा ३ कोठे भवन निर्माणको थालनी गरेको बताए । यस क्षेत्रमा बहिरा बिद्यार्थीहरु पर्याप्त भएका कारण पठन पाठनमा सहजताका लागी भवन सहयोग गरेको उनले बताए ।