‘याँ सम्झिन्या कोई भएन’ को छायाङ्कन

बजारमा ल्याउने तयारी

बिहीबार फागुन ३, २०७४/ Thursday 02-15-18
Paschim Today

फागुन ३, पश्चिम टुडे, धनगढी ।

सुदूरपश्चिमको लोकप्रिय विधा अन्तर्गत पर्ने ‘याँ सम्झिन्या कोई भएन’ बोलको डेउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ ।   गायक वीरेन्द्र जोहारी र गीतकार पदम खड्काले म्युजिक भिडियो छायाङकन कार्य सम्पन्न गरेर यसैसाता बजारमा ल्याउने तयारी गर्नु भएको छ । जोहारीलाई गायिका मान्डवी त्रिपाठीले साथ दिनु भएको छ । उक्त डेउडा गीतमा कलाकार राजेश खड्का र करिश्मा ढकालको अभिनय रहेको गायक जोहारीले जानकारी दिए । 

                जोहारीले यसअघि बजारमा ल्याएको ‘मुइ डोली चडन्या बेला’ बोलको गीत सुदूर तथा मध्यपश्चिम सहित भारतको कुमाउमा समेत चर्चामा रहेको थियो । बजारमा ल्याउन लागेको नयाँ गीतले पनि अघिल्लो गीत सरह नै सङ्गीत प्रेमीहरुको माया पाउने आशा गरिएको गायक जोहारीले बताए ।

                डेउडा गीत र म्युजिक भिडियोले बजार लिन थालेपछि यो क्षेत्रका कलाकारहरुले युवा पुस्तालाई लक्षित गरेर नयाँ–नयाँ डेउडा गीत बजारमा ल्याउनेक्रमले गति लिएको छ । चक्र बम, मिस्टर आरजे (राजेन्द्र भट्ट) लगायतका कलाकारले युवा पुस्ता लक्षित नयाँ–नयाँ डेउडा गीत निकालेका छन् ।