Close This

धनगढीको उत्तरबेहडिमा एक जनाको हत्या

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today

धनगढी, १ मंसिर ।
कैलालको धनगढी उपमहानगरपालिका स्थित उत्तरबेहडिमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलस होटल अगाडी हत्या भएको हो ।

धनगढी ४ शिबपुरी धाम बस्ने ३३ बर्षिय बिजय थापाको राति करीव १० बजे तिर हत्या भएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिहले जानकारी दीनुभयो ।

हत्या गरेको आरोपमा सोहि ठाउका आशिस सेटि र दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले राति नै घटना स्थलबाट पक्राउ गरेको हो ।