Close This

शैलेश्वरी अस्पतालको सेवा सुचारु

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today

डोटी, १ मंसिर । 

तीन दिनदेखि बन्द रहेको डोटीको दिपायल स्थित पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पतालले शुक्रबारबाट सेवा सुचारु गरेको छ । 
सो अस्पतालका निर्देशक आईजंग कुँवरका ८ वर्षीय एकमात्र छोरा ईशान कुँवरको गएको मंगलबार २७ गते सोही अस्पातलको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएपछि उक्त अस्पताल बन्द भएको थियो । 
अस्पताल पुनः सुचारु भएसंगै स्वर्गीय ईशान कुँवरको स्मृतिमा अस्पतालले प्रत्येक सेवामा १० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको निर्देशक कुँवरले बताए । 
‘मेरो छोराको स्मृतिमा हामीले अस्पतालबाट दिइने प्रत्येक सेवामा १० प्रतिशत शुल्क छुट दिएका छौँ, उनले भने ‘मैले छोरो गुमाएपनि जनताले घरैमा पाउने सेवाबाट बञ्चित नहोउन भनेर अस्पताल पुनःसुचारु गरेका छौँ ।’
अस्पतालले आफनो सेवा पुनः सुचारु गरेपछि अहिले अस्पतालमा बिरामीहरु आउने क्रम बढेको अस्पतालका डाक्टर निशान ढकालले बताए । उनले भने–‘ईशानको शोकमा हामीले केही दिन अस्पताल बन्द ग¥याँै, बिरामीको मर्का ध्यानमा राखेर अस्पताल सुचारु गरेका छाँै । बिमारी पनि आउन थालि सके ।’ 
अस्पताल बन्द भएपछि यहाँका बिरामीहरुलाई उपचार गर्न निकै समस्या भएको थियो । सामान्य बिरामी पनि उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले उक्त अस्पतालमा दुई जना डाक्टरहरु निशान ढकाल तथा डाक्टर राजेश बाहुनले बिरामीलाई चेक जाँच गर्दै आएका छन् ।