Close This

मन्त्रालयसंग समन्वय गरेर काम गर्न आग्रह

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today

धनगढी, १ मंसिर । 

सुदूरपश्चिम प्रदेशको समग्र विकासको सवालमा शुक्रवार धनगढीमा ‘विकास सम्वाद’ कार्यक्रम भएको छ । 
    सामाजिक विकास मन्त्रालयको आयोजना र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुका संघ (एआइएन) को सहयोगमा सम्वाद कार्यक्रम भएको हो । उक्त कार्यक्रममा मन्त्रलायका सचिव गोगन हमालले यस प्रदेशमा मन्त्रालयसंग समन्वय गरेर गैरसरकारी संस्थाहरुलाई काम गर्न आग्रह गर्नुभयो । सुदूरपश्चिम प्रदेशमा सामाजिक समस्या नै बढी रहेको उल्लेख गर्दै उनले भने–‘विकास, सरकार एक्लैलेमात्रै गर्न सक्दैन । यसमा विकास साझेदार संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । त्यसैले समन्वय गरेर काम गर्न आग्रह गर्दछु ।’
    मुलुकमा तीन तहको सरकार गठनपछि विकास साझेदार संस्थाहरुलाई काम गर्न अलिकति चुनौती थपिए पनि मन्त्रालयसंग समन्वय गरेर अगाडि बढेमा सहज हुने सचिव हमालले बताए । ‘कतिपय कानून बन्न नसकेकाले अझै पनि नीतिगत प्रष्टता छैन’, उनले अगाडि थपे–‘त्यसैले कानून आउन र नीतिगत प्रष्टता आवश्यक छ ।’
    मन्त्रालयका उपसचिव झङ्कर बिष्टले प्रदेश सरकारले अगाडि बढाएको कार्यक्रममा विकास साझेदार संस्थाहरुको पनि सहयोग, सहकार्य हुन जरुरी रहेको बताए । यो प्रदेशमा स्वास्थ्य, शिक्षामा अझै पनि चुनौती कायमै रहेको छ । प्रदेशमा उन्मूलन भइसकेको उच्च पहाडी जिल्लामा समेत उक्लेको छ । भने, बालमृत्युदरमा बृद्धि भएको छ । 
पहिले कम भइसकेको स्वास्थ्य समस्या पुनः बल्झिन थालेकाले बाल स्वास्थ्यलाई प्रबद्र्धन गर्न आवश्यक रहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।  
एआइएन प्रतिनिधि मोना शेर्पाले विकासका लागि छरिएर भन्दा पनि विकास मुद्दामा केन्द्रित भएर योजना बनाउन र काम गर्न सबैलाई आग्रह गरिन् ।