Close This

डडेल्धुरामा जीप दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today


डडेल्धुरा, १ मंसिर ।
डडेल्धुधराको भागेश्वर गाँउपालिका –४ बगरकोट नजिकै आज बिहान जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भागेश्वर गाँउपालिका –२ का २७ वर्षीय धर्मसिंह मडै र वठा नम्बर ३ का ४५ दिपेन्द्र बहादुर शाही रहेका छन् । शाही जीपका मालिक हुन् ।
दुर्घटनामा परी घाईते भएकाहरुलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल लगिएको छ ।
भागेश्वरको बोगटाबाट सदरमुकाम जादै गरेको मे म १ ज १८० नम्बरको जीप आज बिहान करीव पौने ११ बजे बगरकोट नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करीव डेढ सय मिटर तल खसेको थियो ।
जीप चालक फरार छन् । 
प्रहरीले बोगटाबाट जीप छुट्दा १२ जना यात्रुको ईन्ट्रि भएको बताएको छ । तर बाटोमा कति यात्रु थपिए त्यसको एकिन जानकारी भने छैन ।