Close This

एक लाख राशीको मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today

काठमाण्डौं, १ मंसिर । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले एक लाख धनराशीको ‘मनिराज वाङ्मय पुरस्कार २०७५’ राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई प्रदान गरेको छ । 
प्रज्ञा भवन काठमाडौमा आयोजित भव्य समारोहमा प्रतिष्ठानले राष्ट्रकवि घिमिरेलाई सो पुरस्कार प्रदान गरेको हो । प्रतिस्थानले स्थापना गरेका विभिन्न पुरस्कार पनि विभिन्न  स्रष्टाहरूलाई प्रदान गरिएको छ । 
‘खप्तड स्वामी सचिदानन्द पुरस्कार २०७५’ श्रीज्ञण्ण्ड ब्रम्हऋृषि गौरीशंराचार्यलाई, डा. जयराज पन्त लोक साहित्य पुरस्कार २०७५ दाङका डा. गोविन्द आचार्यलाई प्रदान गरिएको छ । 
यस्तै, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार मोहन चापागाईं (दोलखा), शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार, ऋषिकेशव भारद्वाज (कपिलवस्तु) लाई, र नृपबहादुर स्वाँर साहित्य पुरस्कार खगेन्द्र गिरी ‘कोपिला’ (नेपालगञ्ज) लाई प्रदान गरिएको छ । 
मनिराज वाङ्मय पुरस्कारको राशि एकलाख सहित ताम्रपत्र रहेको छ भने अन्य सबै पुरस्कारको राशि नगद दश हजार र सम्मानपत्र रहेको छ । सम्मानित सबै स्रष्टाहरूलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे । 
प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री चन्द, राष्ट्रकवि माधव घिमिरे, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, ब्रम्हऋषि गौरीशंकराचार्य, लोकगायक नन्दकृष्ण जोशी, साहित्यकार डा.नवराज लम्साल, समाजसेवी मदनराज पाण्डेय लगायतले शुभकामना मन्तव्य राखे । 
कार्यक्रम संयोजक हरिलाल गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव डा.टीएन जोशीले गरेका थिए । समारोहमा पूर्व मन्त्री भक्तबहादुर बलायर, पूर्व गृहराज्यमन्त्री दीपक बास्कोटा, पूर्व सचिवहरू डा.लक्ष्मीराज पाठक, श्रीमान् श्रेष्ठ र गोविन्दराज पाण्डेय, पूर्व गभर्नर गणेशबहादुर थापा, साहित्यकार डा. तुलसी भट्टराई, डोटेली समाजका अध्यक्ष जगदीश केसी, नेपाल सरकारका उपसचिव शिवराज जोशी, साहित्यकारहरू भालचन्द्र भण्डारी, डा. उर्मिला शर्मा, राधिका गुरागाईंको उपस्थिति रहेको थियो । 
यस्तै, सुभाषचन्द्र भण्डारी, पूर्णानन्द ओझा , डा. पुष्कर भट्ट, दीपक आचार्य, तेजशंकर भट्ट, विष्णुराज भण्डारी, शान्तबहादुर कार्की, प्रा.हरि पराजुली, उषा शाहू, दिव्यश्वरी जोशी, पत्रकार लक्की चौधरी, उमेश ओझा, यज्ञराज जोशी, प्रा. कोषराज न्यौपाने, वासुदेव जोशी, स्वप्निल गिरी, दशरथ जोशी, इन्द्रबहादुर शाह, साहित्यकार नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं, आरडी प्रभाष चटौत, गिरीराज जोशी लगायतको पनि उपस्थिति रहेको थियो ।