Close This

पर्यटन प्रवर्दन गर्न अन्तराष्ट्रिय लायन्स क्लबको बैठक सम्पन्न

आइतबार मङ्सिर २, २०७५/ Sunday 11-18-18
Paschim Today

धनगढी, २ मंसिर ।
शुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवर्दन तथा सामाजिक परिवेशका बारेमा जानकारी दिने उदेश्यले लायन्स क्लव धनगढीले अन्तराष्ट्रिय स्तरको सयुक्त बैठक कैलालीको गोदावरीमा आयोजना गरेको छ ।

लायन्स क्लब धनगढी ग्रीन सिटि र भारतको लखिमपुर जिल्लाको लायन्स क्लवका २७ जना पदाधिकारीको उपस्थितिमा सयुक्त बैठक कैलालीको गोदावरीमा आयोजना गरेको हो ।

लायन्स क्लब धनगढी ग्रीन सिटि सिटिका अध्यक्ष टेकराज पनेरुले पर्यटन प्रबद्र्धनसगै सस्कृति आदान प्रदान, स्वाथ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्नका लागि बैठक आयोजना गरिएको जानकारी दिनु भयो ।

धनगढीमा हाल सम्म अन्तराष्ट्रिय स्तरको बैठक नभएका कारण यसले दुवै देशको सामाजिक, आर्थिक तथा पर्यटनको विकासमा महत्वपुर्ण भुमिका खेल्ने दावी गर्नुभयो । 
गत असोज २७ गते भारतको लखिमपुरमा बसेको लायन्स क्लब धनगढी ग्रीन सिटि र लायन्स क्लव लखिमपुरको बैठकले टयूनिक प्रोग्राम गर्ने निर्णय गरेको थियो । सो अनुरुप नेपाल भारतको सांस्कृतिक, आर्थिक, सामाजिक, स्वास्थ्य क्षेत्रको समस्या र पर्यटनको विकासका बारेमा संगै काम गर्न समझदारी भएको थियो ।

त्यैका लागी लखिमपुर लायन्स क्लवको टोली नेपाल आएको लखिमपुर लायन्सका अध्यक्ष आरेन्द्र सिहले बताउनु भयो । उहाले यस्ता बैठकले दुवै लायन्स क्लब लाई सामाजिक कार्य गर्न सहज हुने विश्वास ब्यक्त गर्नु भयो । 
भारतको लायन्स क्लव लाई धनगढीको क्लबले यसअघि नेपाल आएको लायन्स क्लव अफ लखिमपुरका टिमलाई लायन्स क्लब अफ धनगढी ग्रीन सिटिको टोलीले सिमा नाका त्रिनगरमा स्वागत गरेको थियो ।