Close This

जाखोर तालको जलकुम्भी हटाईने

सोमबार मङ्सिर ३, २०७५/ Monday 11-19-18
Paschim Today

धनगढी, ३ मंसिर । 
जिल्ला वनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसंगै धनगढीको जाखोर तालमा फैलिएको जलकुम्भी हटाइने भएको छ ।
जाखोर ताल धनगढी उपमहानगरपालिकाको मुख्य पर्यटकीय स्थल हो । तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वमित्व हस्तान्तर गरेको वडा नं ७ का अध्यक्ष सीताराम रानाले बताए । उनले भने–‘आफ्नो स्वामित्वमा रहेको तालीतानीय समूहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा वनस्पतीले समूहको भोगचलनमा रोक लगाएको थियो । 
स्थानीय महिला समूहले माछापालनका लागि ताल ठेक्कामा दिने समयमा तालको सरसफाई समेत गरिने हुँदा जलकुम्भी थिएन वडा अध्यक्ष रानाले भने, ताल उपभोग गर्नमा रोक लगाएसंगै जलकुम्भी भरिएको छ । 
जलकुम्भी भरिँदा ताल कुरुप भएको छ–धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले भने,यसलाई हटाउनका लागि छलफल सुरु गरेका छौं । तालको जलकुम्भी हटाउनका लागि प्रहरी, सशस्त्र प्रहरीसंग कैलालीका प्रमुख जिल्ला अधिकारी र आफूले पनि समन्वय गरिरहेको बताए । ताल झण्डै १२ हेक्टर रहेको छ । जलकुम्भी हटाउनका लागि वनस्पति कार्यालयका प्रमुख लक्ष्मण झा सहितको टोली तालक्षेत्रमा पुगेको थियो । वडले ताल सफा गरेर ढुंगा चलाउने योजना रहेको बताए ।
धनगढी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक रोकिने ठाउँ भनेको जाखोर ताल क्षेत्र हो नगरप्रमुख वडले भने, त्यस कारण पनि यसको ब्यबस्थापन चाँडो गर्ने योजना रहेको छ ।