Close This

सुदूरपश्चिम महिला टीमद्धारा एक नम्बर प्रदेश पराजीत 

बुधबार मङ्सिर ५, २०७५/ Wednesday 11-21-18
Paschim Today


काठमाण्डौं,५ मंसिर ।
काठमाण्डौंमा जारी छैठौ प्रधानसेनापती अन्तर्राष्ट्रिय महिला फुटवल अन्तर्गत आज भएको खेलमा सुदूर पश्चिम प्रदेशले एक नम्बर प्रदेशमाथि १ का बिरुद्ध २ गोलले जित हात पारेको छ ।
सुदूरपश्चिम प्रदेशकी निलम सिंहले खेलको ३० औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाइन । सिंहले गरेको त्यही गोलले पहिलो हाफमा अग्रता कायम गरेको सुदूरपश्चिम प्रदेशलाई एक नम्बर प्रदेशका तर्फबाट ईमा राईले ७४ औं मिनेटमा गोल गरेपछि बराबरी रोक्दै दवावमा राखिन ।
खेलको ८६ औं मिनेट सुदूरपश्चिमका तर्फबाट अश्मिता चौधरीले प्रहार गरेको बलले एक नम्बर प्रदेशको गोलकिपरले रोक्न सकेनन । त्यही गोल निर्णायक भयो । खेलको अन्त्यमा सुदूरपश्चिम प्रदेशले एक नम्बर प्रदेशमाथि १ का बिरुद्ध २ गोलले जित हात पा¥यो ।
यो जितसंगै सुदूरपश्चिम प्रदेश अन्तिम आठमा प्रबेश गरेको छ । अर्को खेल ७ गते त्रिभुवन आर्मी क्लवसंग हुनेछ ।