Close This

नेपाल गोल्डेन आइडल आयोजना हुने

शुक्रबार मङ्सिर ७, २०७५/ Friday 11-23-18
Paschim Today

धनगढी, मंसिर गोल्डेन स्टार मल्टिमिडिया प्रालि पोखराको आयोजनामा नेपाल गोल्डेन आइडल सिजन आयोजना हुने भएको । विगतमा पोखरामामात्रै अडिसन हुने आइडलको यस वर्ष देशव्यापी अडिसन हुने बिहीवार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको देश भरीको प्रतिभाहरुलाई समेट्नका लागि देशव्यापी अडिसन गर्न लागेको जनाइएको

                धनगढीमा पुस गते अडिसन हुने सुप कला प्रतिष्ठान कैलालीका अध्यक्ष अम्बिकाप्रसाद आचार्यले जानकारी दिए उनले प्रदेशबाट छानिएका प्रतिभाहरुको फाइनल अडिसन पोखरामा हुने जानकारी दिए कैलालीको हकमा इच्छुकले धनगढी, अत्तरिया, टीकापुर, लम्की कञ्चनपुरको हकमा महेन्द्रनगर, बेलौरी, आइबीआरडी पुनर्वासमा फाराम भर्न सकिने जनाइएको  

                पहाडी क्षेत्रबाट आएका प्रतिभाहरुलाई अडिसनकै दिन कार्यक्रम स्थलमै फाराम भर्न सकिने व्यवस्था समेत रहेको पत्रकार सम्मेलनमा जनाइएको आइडलमा जुनसुकै उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्ने प्रतिष्ठानका सचिव गुणाकर पनेरुले जानकारी दिए आइडल विजेतालाई १० लाख रुपैया पुरस्कार दिने जनाइएको