Close This

जाखोर तालको जलकुम्भी हटाउने अभियान सुरु

शनिबार मङ्सिर ८, २०७५/ Saturday 11-24-18
Paschim Today

धनगढी, ८ मंसिर । धनगढी उपमहानगरपालिका–७ मा रहेको जाखोर तालको जलकुम्भी हटाउने अभियान सुरु भएको छ । 
    ताललाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको पहलमा तालको जलकुम्भी हटाउने अभियान सुरु गरिएको हो । शनिवार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित धनगढी उपमहानगरपालिकाका कर्मचारी, स्थानीयले तालमा रहेको जलकुम्भी हटाउने कार्य सुरु गरेका हुन । 
    ताल पूर्ण रुपमा सफा नहुँदासम्म अभियान चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए । ‘यसमा रहेको जलकुम्भी हटाएर हामी डुङ्गा सञ्चालन गर्नेछौं’, उनले भने–‘ताल पूर्ण रुपमा सफा नभएसम्म हरेक शनिवार जलकुम्भी हटाउने कार्य भइरहन्छ ।’