Close This

मैत्रीपूर्ण खेलमा कलाकार विजयी

आइतबार मङ्सिर ९, २०७५/ Sunday 11-25-18
Paschim Today

धनगढी, ९ मंसिर । 

मैत्रीपूर्ण फुटबल खेलमा कैलालीका कलाकारको टोली विजयी भएको छ । शनिवार धनगढीस्थित क्षेत्रीय रंगशालामा ४–२ गोल अन्तरले कलाकार टोलीले व्यापारीको टिमलाई पराजित गरेको हो । 
    राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको फुटबल प्रतियोगितामा विजेता टोलीले नगद ६० हजार रुपैया पुरस्कार पनि हात पा¥यो । कलाकार टोलीमा कैलाली भरीका कलाकार र व्यापारी टिममा धनगढीको क्याम्पस रोडदेखि मोती चौकसम्मका व्यापारीहरु सहभागी थिए । 
    कलाकार–कलाकार र व्यापारी–कलाकारबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक संगत चौधरीले जानकारी दिए । 
    यसअघि, भएको उद्घाटन कार्यक्रममा थारु बुद्धिजिवी, कलाकारहरुको सहभागिता रहेको थियो ।