Close This

पत्रकार पनेरुद्धारा छात्रबृत्ति बितरण (फोटो फिचर)

सोमबार मङ्सिर १०, २०७५/ Monday 11-26-18
Paschim Today

डडेल्धुरा, १० मंसिर  । 
डडेल्धुराबाट कान्तिपुर टिभीमा कार्यरत पत्रकार बरुण पनेरुले आफ्ना बुबाको सम्झनामा दुई जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरेका छन् । स्वर्गीय बुवाको सम्झना सिद्धनाथ माध्यमिक बिद्यालय चन्दनीका दुई जना गरिब जेहेन्दार बिद्यार्थीलाई एक बर्ष अध्यायनका लागि छात्रबृत्ति बितरण गरिएको हो । 


पनेरुले बुबाको सम्झनामा हरेक बर्ष मंसिर ९ गतेका दिन बिशेष समारोहबाट बिच छात्रबृत्ति बितरण गर्ने गरेका छन् । 
यस बर्ष सिद्धनाथ माबि चन्दनीमा अध्ययनरत पुजा भट्ट र डम्बर भण्डारीलाई छात्रबृत्ति बितरण गरिएको छ भने स्थानीय अर्जुनसिंह बोहरा र आईते धामीलाई शिक्षा सेवी सम्मानबाट सम्मान गरिएको छ ।

यसै गरी सिद्धनाथ माध्यमिक बिद्यालय चन्दनीका प्राधानाध्यापक गौरीदत्त भट्टराईलाई दिर्घसेवा शिक्षा सम्मानबाट सम्मान गरिएको पनेरुले बताए ।   
१० बर्षमा  २० जना भन्दा बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको छ । पत्रकार पनेरुका बुवा कृष्णदत्त पनेरु सोही बिद्यालयमा लामो समय अध्यापन गराई बिद्यालयको कामकाजको सिलसिलामा डडेल्धुरा आउँदा गोगनपानीमा २०५३ मंसिर ९ गते बस दुर्घटनामा मृत्यु भएको थियो । 


बिगत १० बर्ष देखि पत्रकार पनेरुले गरिबीका कारण अध्ययन गर्न समस्या भएका दुई जना छात्र छात्रालाई एक बर्षको पढाईको लागि छात्रबृत्ति दिने गरेको हुन । 
शिक्षा क्षेत्रमा काम गर्न उनले स्वर्गीय कृष्णदत्त पनेरु अध्यायन प्रतिष्ठान दर्ता गरी बिगत पाँच बर्ष देखि शिक्षा क्षेत्रका उल्लेख काम गर्ने दुई जना अभिभाकलाई सम्मान समेत गर्ने गरेको छन् । भने शिक्षक पेसामा रही जनसेवी काम गर्ने एक जना  शिक्षकलाई पनि सम्मान गर्दै आईरहेका हुन् । पत्रकार  पनेरुले छात्रबृत्ति बितरण गर्न २ लाखको अक्षयकोष समेत स्थापना गरेको छन् । 


‘अक्षयकोषबाट अगामी दिनमा बिभिन्न बिद्यालयमा चित्रकला प्रदर्शनी, पुस्तक बितरण र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको छ ।’ पत्रकार पनेरुले भने, ‘अगामी दिनमा अन्य बिद्यालयकहरुमा पनि छात्रबृत्ति र पुस्तकालय निर्माणका लागि काम शुरु गरिने छ ।’