Close This

मिस–मिस्टर सुप टुरिज्म् फाइनलको तयारी पूरा

शुक्रबार मङ्सिर १४, २०७५/ Friday 11-30-18
Paschim Today

धनगढी, १४ मंसिर ।
अप इन्टरटेइनमेन्ट प्रालिको आयोजना भइरहेको मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपालको फाइनल शनिवार हुँदैछ । 
    धनगढीमा हुने फाइनलको लागि सम्पूर्ण तयारी पूरा भइसकेको अप इन्टरटेइनमेन्टले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । फाइनल प्रतिस्पर्धाका लागि स्टेज तयार पार्ने लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको अप इन्टरटेइनमेन्टकी सारा थापाले जानकारी दिइन् । 
    फाइनल प्रतिस्पर्धाको निर्णायकमा नायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा, गोपाल सुन्दरलाल कक्षपति लगायतका व्यक्तित्व रहने आयोजकले जानकारी दिएको छ । 
    फाइनलमा मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्मको टुङ्गो स्टेज पर्फरमेन्स, विश्वसनीयता र अन्तिममा दिएको उत्तरको आधारमा लगाइने ब्युटी कोरियोग्राफर अश्विनी झाले जानकारी दिए । उनले यस प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए । 
    मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म्को अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १५ केटी र १५ केटा गरी जम्मा ३० जना छनोट भएको आयोजकले जानकारी दिएको छ । 
    प्रतिस्पर्धीमध्ये मिस टुरिज्मले स्कुटर र मिस्टर टुरिज्मले मोटरसाइकल उपहार प्राप्त गर्ने थापाले जानकारी दिइन् ।