Close This

नेपाल आइडलमा सबैभन्दा धेरै भोट रवी ओडलाई   

शनिबार मङ्सिर १५, २०७५/ Saturday 12-01-18
Paschim Today

धनगढी, १५ मंसिर । 

सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा यो हप्ता सबैभन्दा धेरै भोट रवी ओडले पाएका छन् । 

उत्कृष्ठ ६ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले भोट गरेका थिए । भोट कति आएको थियो त्यो भने सार्वजनिक गरिएको छैन ।   


शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा धेरै भोट रवीले पाएको जानकारी दिइएको हो । यस अघि पनि रवीले सबैभन्दा धेरै भोट पाइसकेका छन् । 

अघिल्लो हप्ता सबैभन्दा धेरै भोट सुमित पाठकले पाएका थिए ।