Close This

‘लैङ्गिक हिंसा सामाजिक समस्या हो’ – उपप्रमुख मिश्र

शनिबार मङ्सिर १५, २०७५/ Saturday 12-01-18
Paschim Today

धनगढी, १५ मंसिर । 
धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा कुनै लिङ्ग बिशेषको मात्रै मुद्धा नभएर सामाजिक समस्या भएको बताएकी छन् ।
धनगढी उपमहानगरपालिकाको न्यायिक समितिले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत जनप्रतिनिधिका लागि कानूनी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । उनले लैङ्गिक मुद्दालाई महिलाको मात्रै समस्याका रुपमा बुझ्दा समस्या भएको बताइन ।
उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा महिलामा मात्रै हुन्छ भनेर नबुझ्न आग्रह गरिन् । 
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला अदालत कैलालीका जिल्ला न्यायाधीश परशुराम भट्टराईले विभिन्न प्रकृतिका लैङ्गिक हिंसा समाजमा व्याप्त रहेकोे बताए । त्यसैगरी कार्यक्रममा अधिवक्ता जानकी तुलाधरले पनि कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।