Close This

सरकारको व्यवहारले अपराध मौलाए आरोप – प्रमुख वड

शनिबार मङ्सिर १५, २०७५/ Saturday 12-01-18
Paschim Today

धनगढी, १५ मंसिर ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले वर्तमान सरकारको व्यवहारले मुलुकमा अपराध फष्टाएको बताएका छन् । 
प्रजातान्त्रिक विचार समाज कैलालीले आयोजना गरेको धनगढी उपमहानगरपालिकाका माध्यमिक विद्यालयतहको वर्तमान अवस्था र प्रजातान्त्रिक विचारको महत्व विषयक बक्तृत्व प्रतियोगितामा बोल्दै नगरप्रमुख वडले अपराधीलाई बचाउने, संरक्षण गर्ने र काखी च्याप्ने काम सरकारबाट भइरहेको बताए । उनले लोकतन्त्रमा विचार राख्न पाउने स्वतन्त्रा भएपनि फरक विचार राखेकै कारण नागरिकहरुलाई दुःख दिने कार्यहरु भइरहेको आरोप लगाए । 
प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । ऐश्वर्य विद्या निकेतनका निशा बलायर प्रथम, सरस्वती माविका गणेशप्रसाद अवस्थी द्वितीय, बेहडाबाबा माविका ओमप्रकाश भट्ट तृतीय भएका थिए भने मञ्चोदय माविका निर्मला भट्टले सान्त्वना पुरस्कार पाएका थिए । कार्यक्रम प्रजातान्त्रिक विचार समाज कैलालीका अध्यक्ष वेदप्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।