Close This

‘समृद्धिका लागि समन्वय जरुरी’ – प्रमुख  वड

आइतबार मङ्सिर १६, २०७५/ Sunday 12-02-18
Paschim Today

धनगढी, १६ मंसिर ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले समृद्धिका लागि तीन वटै तहका सरकारहरुबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् । 
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलालीको पाँचौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने–‘दुई तिहाइको प्रदेश र सघीय सरकारका मन्त्रीहरु अहिले पनि हामी पछाडी प¥यौं भनेर रोदन र क्रोदन पोख्दैछन् अब कसले रोक्यो अगाडि बढ्नका लागि ?’
प्रदेश सरकारले पहिलो चौमासिकमा एक प्रतिशत पनि बजेट खर्च गर्न नसकेको बताउँदै नगरप्रमुख वडले भने–‘योजना बनाउने, बजेट छुट्याउने तर काम काखीमा च्यापेर राख्ने कसरी हुन्छ प्रगति ?’ प्रदेश सरकारले आफूहरुसंग कुनैपनि समन्वय नगरेको आरोप नगर प्रमुख वडले लगाए । उनले पुस्तक तथा स्टेशनरी व्यवसायीलाई यस प्रदेशमा नै स्टेशनरी सम्बन्धी उद्योग सञ्चालन गर्न आग्रह गरे । 
कार्यक्रममा धनगढी इञ्जिनीयरिङ कलेजका प्रमुख शिवहरी मुडभरीले उद्योग र उद्यमशिलताको विकास गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले सो सम्बन्धी सजिलो नीति ल्याउनु पर्ने बताए । उनले भने, मैले पटक–पटक उठाउने मुद्धा यही हो तर सम्बोधन हुन सकेको छैन ।
पुस्तकतथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जय चौधरीले निजी क्षेत्रको सहभागिताबिना प्रदेशको विकास असम्भव हुने बताए । अधिवेशनमा कैलालीका स्टेशनरी व्यवसायीको सहभागिता रहेको थियो ।