बिश्व एड्स दिवशको अवसरमा प्रभातफेरी गरियो 

आइतबार मङ्सिर १६, २०७५/ Sunday 12-02-18
Paschim Today

धनगढी, १६ मंसिर । 
धनगढीमा ३१ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ ।
धनगढी उपमहानगरपालिका र स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्था, नर्सिङ क्याम्पसको सहभागितामा प्रभातफेरि गरिएको हो । धनगढीको चौराहाबाट सुरु भएको ¥याली धनगढी उपमहानगरपालिकाको मूलगेट अगाडि आएर कोण सभामा परिणत भएको थिये । 
कोण सभालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एचआईभी संक्रमितको पीडाको बारेमा आफू जानकार रहेको बताए । अहिले एचआईभी संक्रमितहरुको उपचार पद्धति सजिलो बन्दै गएको उल्लेख गर्दै नगरप्रमुख वडले भने, एआरटी नियमित सेवन गरेमा पुरै आयु बाँच्न सकिन्छ । एचआईभी रोकथामकालागि जुट्न उनले सरकारी तथा गैरसरकारी संघसंस्थालाई आग्रह पनि गरे ।
सुदूरपश्चिमप्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत दयानन्द पन्तले एआइभी रोकथाम र उपचारका क्षेत्रमा सरकारले ठूलो रकम खर्च गरिरहेको बताए । उनले भने, पहिलोको भन्दा अहिले एचआइभी संक्रमितहरुका लागि गरिने उपचार सहज हुँदै गएको छ ।