बैतडीमा खेलमैदान निर्माण शुरू

SITENAME

धनगढी, १६ मंसिर । 
बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोडमा गाउँपालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक ९लडालेक०मा खेलमैदान निर्माणकार्य भइरहेको छ ।


२०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनले बताए ।

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिएका छन् । सुविधासम्पन्न उक्त खेलमैदान एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भने , ‘स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।’

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

काठमाण्डौं डीपीएलको प्लेअफमा 

पश्चिम टुडे, धनगढी ५ फाल्गुन ।  रुस्लान धनगढी प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौं गोल्डेन्स प्लेअफमा प्रवेश गरेको छ ।    

SITENAME

सीवाइसी अत्तरिया शीर्ष स्थानमा

पश्चिम टुडे, धनगढी ३ फाल्गुन ।  रुस्लान धनगढी प्रिमियर लिगमा बलियो देखिएको रुपन्देही च्यालेञ्जर्सलाई हराएर सीवाइसी अत्तरिया अङ्क तालिकाको शीर्ष

SITENAME

डीपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं, २ फागुन ।  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट