Close This

मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपालको उपाधी  गौतम र जोशीलाई

आइतबार मङ्सिर १६, २०७५/ Sunday 12-02-18
Paschim Today

मंसिर १६, कैलाली
चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपालको उपाधी क्रमशः एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् ।
शनिबार राती धनगढीको ओम प्यालेशमा भएको फाईनल प्रतिस्पर्धामा उनिहरु दुवैले उक्त उपाधी हात पारेका हुन । उपाधी संगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाईकल समेत प्राप्त गरेका छन् ।


त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
अप इन्टरटेइनमेन्ट इन्टरनेशनल प्रालिको आयोजना भएको उक्त फाईनल प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका रहेको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले बताईन ।  


मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म्को अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ केटी र १३ केटा गरी जम्मा २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।