Close This

‘घर मेरो सुदूरपश्चिम’ गिती एल्बमको विमोचन (भिडियोसहति)

सोमबार मङ्सिर १७, २०७५/ Monday 12-03-18
Paschim Today

धनगढी, १७ मंसिर । 
सुदूरपश्चिमको सेरोफेरोलाई समेटेर बनाइएको ‘घर मेरो सुदूरपश्चिम’ गिती एल्बमको आइतबार विमोचन गरिएको छ ।
       उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले धनगढीमा एक कार्यक्रमकोबीच उक्त गिती एल्बमको विमोचन गर्नुभयो । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, कला, संस्कृतिलाई उजागर गर्ने उद्देश्यले पाल्पाका लोग गायक नविन पौडेल र सम्झना भण्डारीले उक्त गिती एल्बम तयार पारेका हुन ।
       आफू पाल्पाको भए पनि सुन्दर सुदूरपश्चिमको लोक संस्कृति, भेषभूषा र पर्यटन क्षेत्र मन पराउने भएकाले त्यहि विषयवस्तुलाई समेटेर गिती एल्बम तयार पारेको गायक पौडेलले बताउनुभयो । ‘मैले यहाँको पर्यटकीय क्षेत्र, कला, संस्कृतिलाई टपक्क टिपेर गीत बनाएको छु’, उहाँले भन्नुभयो । गीतमा नौ वटै जिल्लाको नामसहित चर्चित पर्यटकीय स्थलहरुलाई समेटिएको छ । गीतमा गायक पौडेल र भण्डारीकै अभिनय रहेको छ ।
       यो प्रदेशको भूगोल झल्किने गीतले पर्यटन विकासमा टेवा पु¥याउने मन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो–‘झिलमिला ताल कञ्चनपुर रङ्ग फेर्छ महिना महिनामा, आफैमा दङ्ग पर्दो हो हेर्न पाए ऐनामा’ जस्ता गीतको शब्दले मेरो मन छोएको छ । सुदूरपश्चिमको संस्कृति, कला समेटेर तयार पारिएको यो गिती एल्बम बनेकोमा म अत्यन्त खुशी छु ।’
       सुदूरपश्चिम प्रदेशमा रहेको पर्यटकी क्षेत्रको प्रचार प्रसार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि यो गिती एल्बम कोसे ढुङ्गा सावित हुने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष अर्जुन शाहले बताउनुभयो । उहाँले भन्नुभयो–‘गायक पौडेलले जुन जमर्को गर्नु भएको छ, त्यो नै अहिलेको लागि काफी छ ।’
       यस्तै, पर्यटन व्यवसायी सञ्जय चौधरीले गिती एल्बमले सुदूरपश्चिमको स्थानीय पर्यटनको हकमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यहाँको पर्यटकीय गन्तव्यलाई समेटेर जुन गीत तयार भएको छ, यो हाम्रो लागि सह्रानीय विषय हो’, चौधरीले भन्नुभयो–‘यसमा केहि चिज छुटेका छन् । जुन सुधार गर्न सकिन्छ ।’