Close This

हसुलियामा छ सय ६० जनाको आँखा परीक्षण

सोमबार मङ्सिर १७, २०७५/ Monday 12-03-18
Paschim Today

धनगढी, १७ मंसिर । 
कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा रहेको दीपेन्द्र माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
    ड्याक फाउण्डेशनको सहयोगमा नेपाल नेत्रज्योती संघ र गेटा आँखा अस्पतालको आयोजना शिविर सम्पन्न भएको हो । उक्त शिविरमा छ सय ६० जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये एक सय ४२ जनाको आँखाको अप्रेशन गर्नु पर्ने जनाइएको छ । अप्रेशन गरिने विरामीलाई गेंटा आँखा अस्पतालमा ल्याइएको छ । उनीहरुको आइतबारबाट अप्रेशन सुरु गरेको गेटा आँख अस्पतालले जानकारी दिएको छ । 
    शिविरमा पाँच सय १८ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको गेटा आँखा अस्पतालका वरिष्ट नेत्र अधिकृत रमेशचन्दै भट्टले जानकारी दिए । उनकै नेतृत्वमा दृष्टि विशेषज्ञ सुरेश अवस्थी लगायत १२ जना प्राविकहरुको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो । 
    शिविरको व्यवस्थापन कैलारी स्मार्ट समन्वय युवा क्लबले गरेको थियो । प्रदेशमा अन्धोपन न्यूनीकरणका लागि गेंटा आँखा अस्पतालले नौ वटै जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।